दक्षिण कोरियामा थप संक्रमितको संख्या बढ्यो, सयौं विद्यालयहरू बन्द

नवराज तामाङ
नवराज तामाङ संवाददाता
दक्षिण कोरिया

कोरोनाभाइरसको संक्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् ।

महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले बताएको छ ।


पछिल्ला केही हप्ता यता संक्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो । यसै परिवेशलाई ध्यानमा राख्दै ती विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका हुन् ।

सारङजेल चर्च रहेको सियोलको उत्तरी क्षेत्र सिअनबुकमा मात्र करिब ८० विद्यालय बन्द भएका छन् । त्यस्तै गाङबुकमा ४० विद्यालयहरू बन्द भएका छन् । उक्त चर्च वरपरका क्षेत्रमा शुक्रबारसम्म संक्रमित हुनेको सङ्ख्या ७३२ पुगेको र सावधानीका लागि विद्यालयहरू बन्द गरिएको बताइएको छ ।

दक्षिण कोरियाको गेओङजी प्रान्तको योङ्जिन र पाजु तथा बन्दरगाह शहर बुसनमा पनि संक्रमण नियन्त्रणका उपायस्वरूप विद्यालयहरू बन्द भएका छन् ।

तपाईको प्रतिक्रिया