राजनीतिक परिस्थिति र मानवअधिकार विषयक अन्तरक्रिया सम्पन्न

सैलुङअनलाइन सम्वाददाता
0 Shares
पोखरा

जनअधिकार अभियान नेपालद्वारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानवाधिकार विषयक अन्तरक्रिया  शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा विभिन्न बुद्धिजीवी, राजनीतिक कर्मी, मानवाधिकारकर्मी, कानूनबिद, पत्रकार आदिको बाक्लो उपस्थिति रहेक थिए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, कानूनविद तथा नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापा, राजनीतिकर्मी झलकपाणी तिवारी, कानूनविद तिलक पराजुली, अधिकारकर्मी सन्तोष कोइराला  लगायतले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा बोल्दै बक्ताहरूले नेपालको राजनीतिलाई निकै गम्भीर रुपमा लिइएको साथै सरकार असफलतातिर गहिरहेको र सरकारले फासीवादी कदम चाल्दै विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउँदै नक्कली मुठभेडको नाममा जनहत्या गरेको आरोप लगाएका थिए । एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाइनु सरकारको गलत कदम भएको जिकिर समेत गरेका थिए । त्यस्तै सरकार र विप्लव नेतृत्वको नेकपा वार्तामा आउन सरकारले सहजता अपनाउनुपर्ने साथै वार्ताका लागि अनुकूल वातावरण लागू गर्न पर्ने बक्ताहरूको भनाई थियो ।

तपाईको प्रतिक्रिया