लेबनानमा विश्व स्वास्थ्य संगठनले थप स्वास्थ्य सामग्री पठायो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
जेनेभा, स्विजरल्याण्ड

विश्व स्वास्थ्य संगठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो संगठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै गरेको थियो ।

यसअघि पनि अगष्ट महिनाको पहिलो हप्तातिर पहिलो पटक सामग्री पठाएको थियो । लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ । लेबनानको राजधानी बेरुतमा केही समय अघि भएको शक्तिशाली विस्फोटमा परी कैयौंको ज्यान गएको थियो ।

त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको थियो । लेबनानका नागरिकले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन शुरु गरेका र यसबाट राजनीतिक संकट आउने भन्दै विश्व स्वासथ्य संगठनले कोभिड १९ को रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेगरी ती सामग्री पठाएको थियो ।

सोही कारण सो संगठनले यो सहयोगको घोषणा गरेको हो । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँ दुर्घटना भएको थियो । लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको थियो भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड-१९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।

थप यो पनि

लेबनानमा विस्फोटनपछि तीन लाख मानिस विस्थापित

लेबनान बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल

लेबनानको विस्फोटमा १३५ को मृत्यु, चार हजारभन्दा बढी घाइते

तपाईको प्रतिक्रिया

पत्रपत्रिका