साउदीमा शनिबार १४ सय कोरोना निको, कुल संक्रमित तीन लाख ६ हजार नाघ्यो

कुल कोरोना निको हुनेको संख्या दुई लाख ७८ हजार नाघ्यो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
saudi

साउदी अरेबियामा शनिबार कोरोना भाइरस (कोभिड-१९)को उपचार गरिरहेका १ हजार ३७४ जना उपचारपछि घर फर्किएका छन् ।

उक्त संख्यामा उपचारपछि घर फर्किएको यहाँ पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा कुल कोरोना उपचारपछि निको हुनेको संख्या दुई लाख ७८ हजार ४४१ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी यहाँ आज कोरोना भाइरस नयाँ संक्रमित १ हजार १८४ जना थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार कुल कोरोना संक्रमित तीन लाख ६ हजार ३७० जना पुगेका छन् ।

यहाँ अब कुल संक्रमितमध्ये २४ हजार ३१० जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ताले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘ तीमध्ये १ हजार ६५२ जना गम्भीर अवस्था उपचाररत हुनुहुन्छ,’ प्रवक्ता अब्दुलीले भने ।


यस्तै साउदीमा हालसम्म ३ हजार ६१९ जना कोरोना भाइरसबाट मृत्यु भैसकेको प्रवक्ताले बताए । उनका अनुसार शनिबार मात्रै ३९ जनाको मृत्यु भएको हो ।

शनिबारको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या १९० जना बढी रहेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

थप यो पनि

साउदीमा अकामा नभएका थप १२० जनाको एक्जिट भिसा (नामसहित)

साउदीमा शुक्रबार पनि १६ सय जना उपचारपछि घर फर्के 

साउदीमा चौबीस घन्टापछि पुनः कोरोना निको हुने बढ्यो, कहाँ कति उपचार हुँदै ?

तपाईको प्रतिक्रिया