सान्जेनको विद्युत उत्पादन हुने मिति सर्यो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

जिल्लामा सान्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको दुई जलविद्युत आयोजनाको निर्माण कार्य पुरा हुने समय कोरोना कारण उत्पादन हुने मिति सरेको छ ।

निर्धारित २०७७ असार मसान्तसम्म काम सकिसक्नु पर्नेमा कम्पनीले जिल्लाको आमाछोदिङमो गाउँपालिकाको चिलिमे र गोल्जुङमा १४.८ मेगावटको सान्जेन (माथिल्लो ) र ४२.५ मेगावटको सान्जेन जलविद्युत आयोजना समेत कुल ५७.३ मेगावट क्षमताका दुई जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

ति आयोजना मध्ये सान्जेन (माथिल्लो) को ८७ प्रतिशत र सान्जेन जलविद्युत आयोजनाको ७६ प्रतिशत निर्माण कार्य मात्र पुरा भएको छ ।
कोभिड—१९ महामारीका कारण चिनियाँ ठेकेदार तथा कम्पनीले काम नगर्दा निर्धारित समय भन्दा कम्तीमा पनि एक वर्षपछि मात्र यी आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन हुने बताइएको छ ।

यसरी समयमै विद्युत उत्पादन नहुँदा यसको प्रभाव सान्जेनको शेयर किनेका सर्वसाधारणलाई परिरहेको छ । उनीहरुले यो कम्पनीको खरिद गरेको शेयर लगानी केही वर्षसम्म प्रतिफल नपाउने अवस्थामा पुगेको हो ।


तपाईको प्रतिक्रिया