युएईमा तीज मनाउने

युएई, आबुधावी

युएईमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी हरितालिका तीज  मनाउने भएको छ ।

आबुधावीस्थित मुसाफाको सभाहलमा अगष्ट ३० तारिख नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुसँग विविध सांस्कृतिक कार्यक्रम गरी मनाउन लागिएको हो ।

अनाथ तथा गरिब बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्याङ्जा सहयोग आबुधावीले बताए ।

प्रबासमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा, रीतिरिवाज, र धर्मलाई संरक्षण एवं सम्बर्द्धन गर्नका लागि तीजलाई युएईमा सांस्कृतिक कार्यक्रम गरी मनाउन लागिएको आयोजकले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालबाट गायक तथा मोडेल पुष्कल शर्मा र डाठे भाका तथा लोकदोहोरी गायिका मन्जु विकलाई आमन्त्रित गरिएको आयोजकले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया