रसुवा भन्सारले साउनमा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवागढी भन्सार कार्यालयले साउन महिनामा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन ।

चालु आर्थिक वर्ष ०७७÷७८ को साउन महिनामा कार्यालयले ६८ करोड १० लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले २३ करोड ५६ लाख ९८ हजार मात्र संकलन गरेको छ ।

भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार नाका एक महिना अघिदेखि पुर्ण रुपमा सन्चालन भएपनि न्युन अर्थात भएकाले राजस्व संकलन बढ्न सकेन ।

नाकाबाट तयारी कपडा स्याउ, इलेक्ट्रोनिक सामाग्री, निर्माण सामग्री जत्ता चप्पल चस्माको फ्रेम लगाएतका सामाग्री आयात हुने गरेको छ ।
यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री र हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातका लागी अनुमति दिएको छैन ।


 

तपाईको प्रतिक्रिया