पुनःनिर्माणको पर्खाइमा रसुवाका सभाहल

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

२०७२ सालको भुकम्पले खण्डहर बनेको सभाहलको पुनःनिर्माण भएको छैन । २०३२ साल मसिंरमा ठेकेदार अनन्त आचार्यले करिव पाँच लाखमा बनाएका थिए । सभाहल सरकारले धुन्चेको नुर्पुडेण्ढुल घले र सार्की लामासँग एक हजारमा जग्गा किनेर उक्त भवन निर्माण भएको थियो । पुरानो जिविसको भवन बनाउँदा उति बेला ३ सय ५० मा जग्गा किनेर बनाएको प्रमुख लामा नुर्पुछोवाङ घलेले बताए ।

भवन बनाएपछि पन्चायतकालमा सभा, समारोह, मनोरन्जनका कार्यक्रम हुने गर्दथ्यो । सभाहलले धेरै कलाकार समेत जन्माएको नागरिक समाजका अध्यक्ष बाबुलाल तितुङले बताए । उतिबेला पुष १४ गते राजाको जन्मोत्सव पनि मनाउने गरेको थियो । जिल्लाको नै शानको रुपमा रहेको तत्कालिन जिल्ला विकास समितिको माताहतमा रहेकाले सरकारी कार्यक्रम लगायत एनजिओको हरेक कार्यक्रम हुने यस भवन धुुन्चेवासीहरुले विवाह लगायत घेवाको काम गर्ने थलाको रुपमा रहेको सामाजिक अभियान्त सोनामसाङमो तितुङले जानकारी दिए ।

सभाहल बनाउन धुन्चेको स्थानीय र भोर्लेको मानिसहरुले बनाएका थिए । भुकम्पपछि जीर्ण बन्दै खण्डहरमा परिणत भइरहेको भवन सांसद विकास कोषबाट पुनःनिर्माण गर्ने भने पनि अत्तोपत्तो लागेको छैन्, स्थानीय अगुवा तितुङ भन्छन्, ‘मैले थाहा पाएसम्म यस सभाहल जिल्लाकै शान र धुन्चेबासीहरुको मानको रुपमा रहेको थियो । भवन बनेदेखि हरेक कार्यक्रम हुने र चहलपहल हुन्थ्यो । तर खै सरकार ?’

भुकम्पले देश नै विपतिमा परेको बेला यस सभाहललाई पनि क्षति पुर्यायो सभाहल दिनप्रतिदिन खण्डहर बन्दै गएको छ, बनाउँछु भन्ने सुनेको मात्रै छ, कहिले बन्ने हो ? प्रमुख लामा घलेले भने ।


सभाहल रसुवाको ऐतिहासिक आस्थाको धरोहर हो । ऐतिहासिक आस्थाको रुपमा रहेको बन्दैनकी भन्ने चिन्ता रहेको नागरिक समाजका अध्यक्ष तितुङ बताउँछन् ।

यसरी भुकम्प पछि हाम्रो आस्थाको धरोहर मठ मन्दिर धर्म, संस्कृति नासिदै जाने हो भने औचित्य पनि नरहने प्रमुख लामा घले बताउँछन् ।
ऐतिहासिक सभाहलबाट दिनप्रतिदिन नेता, सांसद, जनप्रतिनिधि यही बाटो हिडिरहँदा कसैको ध्यान केन्द्रीत नभएको अभियान्त तितुङले बताउँछन् ।

सभाहलमा रहेका गजुर, बुट्टा भरेका झ्याल र काठ लगायतका सामग्रीहरु कति हराए, कुहियो, कसैको ध्यान त्यतातिर गएको छैन, तितुङ भन्छन्, ‘कुनै लेखा जोखा भएकै छैन । न त तत्कालीन जिल्ला विकास समितिले गर्यो न तीनै सरकारबाट ।

सभाहल बनाउन तीनै सरकारको ध्यान जान जरुरी छ । जसले जिल्लाको शान, मान बोकेको छ ।

तपाईको प्रतिक्रिया