दुबै मृगौला फेल भएका नुवाकोट म्यागङ गाउँपालिका-६ मैबोलका ३७ वर्षीय सोम्बरे तामाङको उपचार सुरु भएको छ । शुक्रबारदेखि काठमाडौं वीर अस्पतालमा बिरामी तामाङको उपचार शुरु भएको उनको श्रीमतीले जानकारी दिइन् ।
बिरामी तामाङको उपचार खर्च जुटाउन वडाध्यक्ष आतम सिंह तामाङ लागि परेका छन् । वडाध्यक्षकै पहलमा ‘ सोम्बरे तामाङ बचाउ अभियान ‘ चलिरहेको छ । देश-बिदेशबाट दैनिक सहयोग रकम प्राप्त भैरहेको वडाध्यक्ष एवं अभियानका संयोजक तामाङले सैलुङ अनलाइनलाई जानकारी दिए । वडाध्यक्ष तामाङ स्वयंमले १५ हजार रुपैयाँ सहयोग गरेर ‘ सोम्बरे तामाङ बचाउ अभियान ‘ शुरु गरेका हुन् नेतृत्व गरिरहेका छन् । वडाध्यक्ष तामाङ जनप्रतिनिधि मात्र नभएर प्रत्यक्ष जनताको सुखदुःखको साथी समेत भएको बिरामीको पत्नी बताउछिन् ।
वडाध्यक्ष तथा अभियानका संयोजक तामाङले देश-बिदेश रहेका संघसंस्था तथा व्यक्ति लगायतलाई सोम्बरेको उपचारका लागि सहयोग गर्न आग्रह गरे । उनका अनुसार सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्था लगायतले सिधा बिरामीको सम्पर्क नं. ९८६५३९०१८४ मा सम्पर्क गर्नसक्ने वा वडाध्यक्षको सम्पर्क नं ९८४०५५४२०४ अथवा वडा कार्यालयको सम्पर्क नं. ९८५१२७४६२९ मा सम्पर्क गरि सहयोग गर्न सक्नेछन् ।
त्यसैगरी Atam Sing Tamang अभियानका संयोजकको नाममा रहेको खाता नं ०४१०००००२२८०ई(041000002280E)मा जम्मा गर्नसमेत सक्नेछन् । यस्तै आईएमई, ई-सेवा, मनी ग्राम, वेस्टर्न युनियनबाट पठाउन चाहेमा मोबाइल नं.९८४०५५४२०४ मा सम्पर्क गर्न अनुरोध उनले गरे ।
तीन छोरीहरुको अभिभावक बिरामी तामाङ तीन वर्षअघि बिरामी भएर स्वदेश फर्किएका हुन् । तामाङ रोजगारीका लागि सात वर्षसम्म साउदीमा थिए । तामाङ साउदी रहदा दुईपटक पत्थरीको अप्रेसन गरेको थियोे । बिरामी भन्छन् ,’ अप्रेसनपछि निको होला भनेको झन धेरै बिरामी भए । यस्तैमा साउदीमा रहदै एक अस्पतालमा चेकजाँच गर्दा एक पट्टिको मृगौला काम नलाग्ने र अर्को पट्टिको ८० % प्रतिशत खराब भएको डाक्टर सापले भन्नुभयो । एकछिन संसारनै अध्यारो भएको महसुस गरे फेरि पनि हिम्मत गरेर डाक्टरलाई सोधे अब के छ ? उपाय डाक्टर सापले नआत्तिन सुझाउदै एउटा मृगौला फाल्न सल्लाह दिए ।’
मलाई थाहा छ, देशदेखि विदेशसम्मको दुख, कष्ट र पनि यहाँहरुको सहयोग मेरो लागि अपरिहार्य छ, त्यसैले सहयोग गरेर मलाई बचाइदिनुस ।’ ठिक भएपछि म पनि दुख,पिडा र पैसा नभएर उपचार गर्न नसकिरहेकाहरुको माध्यम बन्नेछु,’ बिरामी तामाङले भने ।
बिरामीले च्यापेपछि तामाङ साउदी छोड्नुपर्ने अवस्थ आयो । झन्डै ३ वर्षअघि स्वदेश फर्किएका तामाङ वीर, ग्राण्डी जस्ता अस्पताल लगायत अन्यमा उपचारका लागि जाँदा विदेशमा दुख, कष्टले जमाएका लगभग ६ लाख रुपैयाँ सकेर ४ लाख ऋण लागिसकेको बिरामीको पत्नी बताउछिन् । उनी भावुक हुँदै भन्छिन् ‘ मेरो श्रीमानलाई बचाउ सहयोग गर्नुस् , उहाँ रहेन भने तीन छोरीलाई मैले कसरी पाल्नु, शिक्षा दिनु त्यसैले तपाईको सानो सहयोगले मेरो परिवारमा पुनः खुशी पाउनेछ ।’
चिकित्सकहरुको सुझाव अनुसार बिरामी उच्च रक्तचापले समेत ग्रसित छन् । यस्तो बेला तत्काल सल्यक्रिया गरेर मृगौला फाल्नुपर्ने भएको कारण अहिले बिश्वभरबाट सहयोग रकम जुटिरहेको वडाध्यक्ष तथा अभियानका संयोजक तामाङले बताए । उनले थपे ‘ तपाईंको सानो सहयोगले मृगौला फेल भएका भाईले नयाँ जीवन पाउनेछन् , त्यसैले जति सकिन्छ सहयोग गरिदिनु होला ।’