साउदीमा दुई लाख ८० हजार जना कोरोना मुक्त, आइतबार ११ सय थपियो

साउदीमा आज १७ सय जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
Saudi arabic

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या घटेको छ । अन्य दिन ३५, ४० जनाको हाराहारीमा दैनिक कोरोनाबट मृत्यु हुँदै आएको यहाँ आइतबार ३० जनाको मृत्यु भएसँगै मृत्युदर घटेको दैनिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार साउदीमा कुल कोरोना भाइरसबाट हालसम्म ३ हजार ६४९ जनाले ज्यान गुमाएका छन् । यसअघि बिहिवार ४२ शुक्रबार ३२ र शनिबार ३९ जनाको कोरोनाबाट मृत्यु भएका थिए ।

त्यसैगरी यहाँ आज कोरोना भाइरस नयाँ संक्रमित १ हजार १०९ जना थपिएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनकाअनुसार कुल कोरोना संक्रमित तीन लाख ७ हजार ४७९ जना पुगेका छन् । कुल संक्रमितमध्ये २३ हजार ६८७ जना बिरामीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताए । ‘ तीमध्ये १ हजार ६४४ जना गम्भीर अवस्था उपचाररत हुनुहुन्छ,’ प्रवक्ता डा.अब्दुलीले भने ।

आइतबार यहाँ कोरोना भाइरसको उपचार गरिरहेका १ हजार ७०२ जना निको भएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कुल दुई लाख ८० हजार १४३ जना उपचारपछि निको भैसकेको छ ।


आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या ५९३ जना बढी रहेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका