एसईई अनलाइन तीज नृत्य प्रतियोगिता २०७७ सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

विनायक सिद्ध कलेज चाबहिलद्घारा आयोजित एसईई अनलाइन तीज नृत्य प्रतियोगिता २०७७ शुक्रबार सम्पन्न भएको छ ।

एसईई दिएर बसेका बहिनीहरुलाई सहभागीत गराएर आयोजित प्रतियोगितामा तिज गीतलाई मात्रै कार्यक्रममा सहभागी गराइएको थियोे । प्रतियोगितामा विभिन्न विद्यालयबाट उल्लेखनीय विद्यार्थीहरुको सहभागी थियो ।

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै धर्मराएको समयमा पनि घरमा फुर्सदको समय सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गर्नको लागि कार्यक्रम आयोजना गरिएको क्यापस प्रमुख रामकृष्ण सिमखडाले बताए ।

प्रतियोगितामा पुष्पलाल मेमोरियल ई. स्कुल,कपनकी छात्रा समृद्धि रुमदाली प्रथम, चाल्स डार्विन एकेडेमी नयाँ बस्तीकी छात्रा प्रसुना तामाङ द्वितीय र सृजना ज्ञानसागर स्कुल बालाजुकी छात्रा मनिता गुरुङ तृतीय भएका छन् ।


उनीहरुलाई विनायक सिद्ध कलेजमा कक्षा ११ मा भर्ना गर्दा क्रमश १००५ रुपैयाँ, ७५५ रुपैयाँ, र ५०५ रुपैयाँ छुट दिनुका साथै नगद पुरस्कार ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएका छन् ।

यसैगरी विनायक सिद्ध कलेजमा अध्ययनरत छात्राहरुबीच अनलाइन तीज नृत्य प्रतियोगिता पनि भएको थियो । उक्त प्रतिस्पर्धामा कलेजको तर्फबाठ छात्रा क्रमश मिङमा शेर्पा, लक्ष्मी शाही ठकुरी, लभ्लि बिष्ट मगर प्रथम, द्वितीय र तृतीय भएकी छिन् । उनीहरुलाई जनही ५ हजार, ३ हजार २ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा निर्णायक समुहमा बरिष्ठ नृत्य निर्देशक तथा बज्रयोगिनि म्युजिक एण्ड डान्स एकेडेमीका निर्देशक महेश गोदार, नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सचिव चुडामणि फुयाल र शिखर छहारी संस्कृतिक कला केन्द्रकी नृत्य निर्देशक दक्षिणा लामा रहेका थिए ।

तपाईको प्रतिक्रिया