दुग्ध उत्पादक कृषकलाई तरकारीको बीउबीजन वितरण

प्रकाश थिङ संवाददाता
ललितपुर

बागमती गाउँपालिका–७ गिम्दीका दुग्ध उत्पादक किसानलाई निःशुल्क तरकारीका बीउबीजन वितरण गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्ण बलको पहलमा २०० किसानलाई रायो र मुलाको बीउ वितरण गरिएका हुन् ।

कोरोना कारण यहाँका किसानले विगत दुई महिनादेखि दुध विक्री बन्द भएपछि उनीको आर्यआर्जनको विकल्पको रुपमा बीउ वितरण गरिएको बलले बताए ।

आगामी दिनमा किसानहरुले उत्पादन गरेको तरकारी तथा कृषिजन्य उपजको बजार व्यवस्थापनको लागि बलले नै सहजीकरण गर्नेछ । बजार ढुवानी खर्चमामा पनि ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाउने उनले बताए । उक्त अभियानबाट वर्षा र कोरोना महामारीको मारमा परेका किसानको लागि केही राहत पुग्ने उपाध्यक्ष बलले बताए ।

गिम्दीबाट ३ दिनमा ५ सयदेखि ६ लिटर काठमाडौं भित्रिने गर्दछ । पछिल्लो बर्षात्का कारण र कोरोनाका कारण समस्यामा आएको छ ।


बाढी पहिरोका कारण बाटो अवरुद्घ भइरहँदा ठुलादुर्लुंग गोटिखेल हुँदै बजार ल्याउनु पर्दा कम्तीमा १० घण्टा लाग्ने गर्दछ ।

 

तपाईको प्रतिक्रिया