साउदीबाट दुई चार्टर उडान हुने

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
फोटो : फाइल

साउदी अरेबियाबाट अगष्ट २६ मा दुई चार्टरउडान हुने भएको छ । नेपाली दूतावासले आज सूचना जारी गरेर स्थगित भएका चार्टरउडानमध्ये २ उडान हुने जनाइएको हो ।

दूतावासको सूचनामा ‘ नेपाल सरकार कोभिड -१९ संकट व्यवस्थापन केन्द्रबाट २०७७/०५/०८ प्राप्त जानकारी अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्ने’ उल्लेख छ । सूचनाका अनुसार साउदीको राजधानी रियादबाट नेपाल एयरलाइन्सले र दमामबाट हिमालयले उडान भर्ने भएको हो ।

यसअघि नेपाल सरकारले स्थगित गरिएका उडानहरुमध्ये यहाँ धेरै नेपालीहरु कार्यरत दुई शहरबाट चार्टरउडान हुन लागेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले सूचना जारी नगरेसम्म साउदीबाट हुने अन्य चार्टरउडानहरु स्थगितनै रहनेछन् ।

नेपाल सरकारले तत्काललाई प्रवासमा अलपत्र परेका नेपालीहरुलाई मध्यनजर गरेर उक्त चार्टर उडानहरु तोकिएको राजदूत राजपुतले बताए । सरकारको सर्कुलर अनुसारनै एयरलाइन्सहरुसँग समन्वय गरेर साउदीबाट विभिन्न कारण अलपत्र परेकाहरुलाई पठाउन लागेका हुनाले संयमित भएर सहयोग गर्ने समेत राजदुतले आग्रह गरे ।

यसअघि नेपाल एयरलाइन्सले जेद्दाबाट २३ अगष्ट, दमामबाट २३ अगष्ट, र रियादबाट अगष्ट २६ र २८, त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट अगष्ट २०, २३, २६ र २८ मा हुने चार्टरउडानहरु स्थगित भएको थियो ।

उद्धार उडानका लागि यात्रुहरुले  पीसीआर रिपोर्ट ल्याउनु पर्ने, पीसीआर टेष्ट गरेको र नगरेकाहरुलाई एकैठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने र भुक्तानी सम्बन्धि एयरलाइन्सले गर्नुपर्ने सूचनामा जनाइएको छ ।

अगष्ट २६ मा हुने रियाद-काठमाडौं चार्टरउडानका लागि नेपाल एयरलाइन्सको साउदी प्रतिनिधि सुरेशराज त्रिपाठी सम्पर्क गर्नुपर्ने छन् । त्रिपाठी रियादस्थित गिल्ट ट्राभल्स एन्ड टुर्समा कार्यरत छन् । उनका अनुसार यात्रुले काठमाडौंमा होटेल क्वारेन्टाइनका लगायत अन्य खर्चका लागि लगभग पाँच सय रियाल थप्नु पर्नेछन् ।

त्यसैगरी दमाम-काठमाडौंका चार्टर उडानका लागि हिमालय एयरलाइन्सका साउदी मेनेजर सुवास तिमिल्सिनाले गत १९ अगस्ट रातीका लागी टिकट काटिएकाहरुलाई उडानमा प्राथमिकता दिने बताए । अगष्ट २६ तारीखमा हुने उडानका लागी १९ तारिखका लागि काटेका टिकटको कपि र साथमा ७ दिन होटल खर्चको झन्डै पाँच सय रुपैयाँ लिएर दमामस्थित सम्पर्क गर्न उनले आग्रह गरे ।

थप यो पनि


साउदीमा अकामा नभएका थप १२० जनाको एक्जिट भिसा (नामसहित)

साउदीको तीन शहरबाट ८ चार्टरउडान हुने

साउदीबाट हुने चार्टरउडान स्थगित

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका