तामाङ ज्ञान महोत्सव सम्पन्न

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

भर्च्यअल माध्यमद्वारा तीन दिनसम्म संचालित पाँचौं तामाङ ज्ञान महोत्सव सोमबार सम्पन्न भएको छ । तामाङ न्हाङखोर र तामाङ डाजाङले संयुक्त रुपमा आयोजना गरेको महोत्सव भाद्र ६-८ गते सम्म चलेको थियो ।

महोत्सवमा तामाङ समुदायको भाषा तथा साहित्यिक सन्दर्भ, सामाजिक-राजनीतिक सन्दर्भ, र तामाङ जाति र सांस्कृतिक सन्दर्भका १०/१० वटा गरी जम्मा ३० वटा कार्यपत्र र तीन विषय केन्द्रीत बहस चलेका थिए ।

महोत्सवको पहिलो दिन भाषा र साहित्यको सन्दर्भका कार्यपत्रहरु प्रस्तुत भएका थिए भने विषय केन्द्रीय बहस ‘तामाङ विकासका मोडल र कार्यान्वयन पक्ष’ विषय छलफल भएको थियो । पहिलो दिनको कार्यपत्र प्रस्तुत सत्रका सत्राध्यक्ष भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चनले गरेका थिए भने विषयगत छलफलको सहजीकरण समाजकल्याण विज्ञ डा. सुरेश तामाङले गेरका थिए ।

महोत्सवको दोस्रो दिन सामाजिक-राजनीतिक सन्दर्भका १० कार्यपत्र प्रस्तुत भएका थिए । डा. मुक्तसिंह लामाको सत्राध्यक्षमा संचालित सत्रमा निष्णु थिङले ‘न्यायको लागि ५० वर्षको संघर्ष’, सुभाष तामाङले ‘कला अभ्यासमा तामाङ इतिहास, सम्झना र पहिचान’, सूर्य तामाङले ‘नयाँ ठेगाना, बङ्ग्याइएको इतिहास : धादिङ जिल्लाका प्रसंगहरू’, प्रशान्त लामा घिसिङले ‘संकटमा तामाङ पहिचान’, डा. सुरेश तामाङले ‘तामाङ जाति, जनस्वास्थ्य र कोभिडका असरहरू’, कुमार यात्रुले ‘तामाङ ज्ञानले जलवायु परिवर्तनको असर न्युनीकरणमा पुर्याएको योगदान’, डा. लक्ष्मी तामाङले ‘स्वास्थ्य र शसक्त युवा जनशक्ति विकासमा मातृत्व र पितृत्व भूमिका’ अधिवक्ता फुर्पा तामाङले ‘पयर्टन विकसकमा तामाङ जातिको परम्परागत ज्ञान, सीप र पेशा’ र जगतमान दोङले ‘नेपालमा इन्डिजिनस टेलिभिजनको चुनौती’ विषयका कार्यपक्र प्रस्तुत गरेका थिए ।


दोस्रो दिन विषय केन्द्रीत छलफलमा ‘तामाङ वालसाहित्यमा अनुवादका चुनौती’ शिर्षकमा छलफल भएको थियो । तामाङ डाजाङ मासिक र सैलुङअनलाइनका सम्पादक इन्द्र तामाङको सहजीकरणमा सम्पन्न छलफलमा भाषाशास्त्री अमृत योन्जन-तामाङ, कवि एवं साहित्यकार यकिना अगाध, सञ्चारकर्मी सञ्चु ब्लोन र बुद्ध योन्जन सहभागि थिए ।

महोत्सवको तेस्रो दिन सूचना प्रविधि विज्ञ एवं काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. बाल कृष्ण बलको सत्राध्यक्षमा कार्यपत्र प्रस्तुति सत्र संचालन भएको थियो । तामाङ जाति र सांस्कृतिक सन्दर्भका १० वटा कार्यपत्रहरु प्रस्तुत भएको सत्रमा फुलमान तामाङ मोक्तानले ‘मिन्ज्याङ’ निमा गोले थाङपालले ‘बुम्बा सेह्रप’, श्रद्धान्जली तामाङले ‘आसिवासी तामाङ जातिको मौखिक परम्परा’, तिर्थ थिङले ‘मोक्तान थरको चर्चा’, डा. लोकबहादुर लोप्चनले ‘तामाङ प्रज्ञा-प्रतिष्ठानको अवधारणा’, अम्बर बोम्जन-तामाङले ‘तामाङ धार्मिक संस्कारमा निङ्मापा सम्प्रदाय’ , कर्म डी. लामाले ‘कोभिड-१९ र तामाङ बालबालिकाको शिक्षा’ अरूण तामाङ दिल्लीका तामाङको परिवेश’, केशरबहादुर तामाङले ‘नेपालमा तामाङ जाति पछाडि पर्नुको कारण’ र सोनाम लामाले ‘धर्म र तामाङ जाति’ विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्यमा ‘तामाङ डायस्पोरा : मुद्दा र चुनौती’ विषयमा छलफल भएको थियो । आयोजक संस्था तामाङ न्हाङखोरका सचिव निष्णु थिङले सहजीकरण गरेका छलफलमा सिक्किम एकादमीका पूर्व अध्यक्ष पेम्पा तामाङ, दिल्ली विश्वविद्यालय, भारतका सह-प्रध्यापक डा. मुनिस तामाङ, तामाङ सोसाइटी, न्युयोर्कका अध्यक्ष लाक्यान लामा, तामाङ घेदुङ, युकेका निवर्तमान अध्यक्ष प्रबल सोनाम घिसिङ रहेका थिए ।

उत्तर बंगाल विश्वविद्यालयका, दार्जिलिङका सहप्राध्यापक डा. सुदास लामा तामाङको समीक्षात्मक टिप्पणीसहित सम्पन्न भच्र्युअल ज्ञान महोत्सवलाई नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले सम्बोधन गरेका थिए भने महोत्सवमा ग्लोबल भ्वाईसका अध्यक्ष श्यामलाल लामा, रेडियो हिमालयका अध्यक्ष बुद्घि विश्वकर्मा, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बमजन लगायत सहभागि थिए ।

महोत्सवमा नेपाल बाहिरका सहभागीहरु उल्लेख्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका