हल्लैहल्लाको देशमा कुलमानको हल्ला

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

हल्लैहल्लाको देश बनेको छ, नेपाल । कहिले के हल्ला त कहिले के ? यस्तैमा मंगलबार सामाजिक सञ्जालमा एक हल्ला फिँजियो, त्यो थियो कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण पुनःनियुक्त । यो हल्लाको कतै समाचार बन्यो भने सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा बधाईको ओइरो लाग्यो ।

मंगलबार बसेको मन्त्रिपरिषदमा कुलमान पुनःनियुक्तबारे प्रस्ताव नै नगएको उर्जामन्त्री बर्षमान पुनले बताएका छन् । यो हल्ला कसरी फैलियो थाहा भएन, उर्जा मन्त्रालय स्रोतका अनुसार यसबारे निष्कर्ष नै नभएको बताएका छन् ।

यही भदौ २९ गतेबाट कुलमान घिसिङको कार्यकाल सकिदैछ । उनको कार्यकालमा जनताले खेपिरहेका लोडसेडिङ मुक्त गराएकाले उनलाई नै पुनःनियुक्त गर्न सबैतिर माग पनि गरिरहेका छन् । यो आवश्यकता पनि देखिन्छ ।

उनकै कार्यावधिमा प्राधिकरणले यही वर्ष मात्रै ११ अर्बभन्दी बढी नाफामा कमाएका छन् ।

हल्लाभन्दा खास सुचना आउनु, पाउनु जरूरी छ । त्यसैले खाटी सुचना के हो ? भनी नखोज्दा हल्लाहरु फैलिन्छ ।

तपाईको प्रतिक्रिया