साउदीमा कोरोना मृत्युदर घट्यो, एक हजारभन्दा धेरै निको

मंगलबार कोरोना नयाँ संक्रमित ११ सय जना थपियो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या पुनः घटेको छ । यसै क्रममा मंगलबार ३१ जनाको मृत्यु भएको दैनिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ताका डा.अब्दुलीका अनुसार कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ३ हजार ७२२ जना पुगेका छन् । सोमबार मृत्यु हुनेको संख्या बढेर ४२ जना पुगेको थियो । अन्य दिन भने ३५, ४० जनाको हाराहारीमा दैनिक कोरोनाबट मृत्यु हुँदै आएको थियो ।

त्यसैगरी यहाँ मंगलबार १ हजार ४४ जना कोरोना उपचार गरिरहेका निको भएर घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार कोभिड-१९को उपचारपछि निको भएर घर फर्किनेको संख्या साउदीमा कुल दुई लाख ८३ हजार ९३२ जना पुगेका छन् ।

यहाँ अगष्ट २५ तारीखमा १ हजार ११४ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हालसम्म कुल तीन लाख ९ हजार ७६८ जना कोरोनाबाट संक्रमित भएका छन् ।


मंगलबारको अपडेट अनुसार उपचारपछि निको हुनेभन्दा नयाँ संक्रमित ७० जना बढी रहेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

थप यो पनि

साउदीमा दुई लाख ८० हजार जना कोरोना मुक्त, आइतबार ११ सय थपियो

साउदीमा ९२ प्रतिशत कोरोना निको,२२ हजार संक्रमितको उपचार हुँदै

साउदीबाट दुई चार्टर उडान हुने

 

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका