स्वास्थ्यकर्मीलाई आदार र सम्मान गर्न अनुरोध

प्रकाश थिङ संवाददाता
ललितपुर

ललितपुरको छ वटै गाउँपालिकाले अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीलाई आदार एवं व्यवहार गर्न आग्रह गरेका छन् ।

संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र प्रहरी, संचारकर्मी लगायत संक्रमित भइरहेका छन् । यस्तो बेला उनीहरुलाई बसोबास गर्ने क्षेत्र, निजी निवास तथा होस्टलहरुमा स्थानीय जनता लगायत छिमेकीहरुबाट मानसिक तथा भौतिक सजाय समेत दिएका विषयमा ६ वटै स्थानीय तह प्रमुखले संयुक्त विज्ञप्तिबाट ध्यानाकर्षण गराएका हुन् ।

ललितपुर जिल्लाका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन,गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहाल, कोन्जोसोम गाउँपालिकाका प्रमुख गोपिलाल सिंतान र बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको सेवाको सम्मान गर्दै आदारपूर्वक व्यवहार गर्न अपिल गरेका हुन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका