वेत्रावती, मैलुङ, स्याफ्रुबेंशी सडक बन्द

रसुवा

चिनसङ्गको अन्तर्राष्ट्रिय व्यापारी नाका रसवागढी जोडने छोटो दुरिको वेत्रावती, मैलुङ, स्याफ्रुबेंशीसम्मको विभिन्न स्थानमा पहिरो गएपछि सडक, वर्षायामभर सन्चालनमा नआउने भएको छ । बर्षा यामभर पहिरो जाने तथा ढुङ्गा खस्ने भएका कारण तत्काल सन्चालनमा आउन नसक्ने रसुवाका  प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनले भने ठाउँ-ठाउँमा पहिरो झरेको छ धेरै ठाउँमा बनाउनु पर्छ, सडकमा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सन्चालनमा नल्याईने बताए ।

नाका जोड्ने छोटो दुरीको सडक अवरुद्ध भएपछि बेत्रावति, कालिकास्थान, धुन्चे, स्याफ्रुबेंसी सडकबाट सवारीको आवतजावत भईरहेको छ । त्रिदेशीय व्यापारमा सहज बनाउन निर्माण गरिएको सडक नेपाली सेनाले हस्तान्तरण गरेपछि स्तरन्नती हुन सकेको छैन । जसले गर्दा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सन्चालनमा नल्याएको हो ।

सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) असारमै सकेर काम सुरू गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढेको थियो । तर गत बर्षको बर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डिपिआर सशोधन गर्नुपरेको भन्दै  निर्माण कार्य पछि धकेलिएको थियो ।

राष्ट्रिय प्रथमिकता प्राप्त मैलुङ, स्याफ्रुबेंशी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डवल लेनको सडक हो, सो सडक खण्डको लम्बाइ १७ किलो मिटर छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका