हङकङका लागि जनजातिबाट महावाणिज्यदूत बन्दै उदय रानामगर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

हङकङ र मकाउका लागि उदयबहादुर रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने तयारी गरेको छ । सरकारले पहिलो पटक जनजाति समुदायका सहसचिव रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने तयारी गरेका हुन् ।

सहसचिव रानामगर झापाका प्रमुख जिल्ला अधिकारी हुन् । उनलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पराराष्ट्र मन्त्रालयमा सरुवा गरिसकेका छन् । उनलाई मन्त्रिपरिषदले स्वीकृत गरेमा उनी नै जनजाति समुदायको पहिलो महावाणिज्यदूत हुनेछ ।

जनजाति समुदायका महावाणिज्यदूत पठाउन महासंघले आन्दोलनसमेत गरेका छन् । हङकङमा आदिवासी जनजाति समुदायकै बहुसंख्यक रहेकाले जनजातिबाट उनलाई महावाणिज्यदूत बनाउन लागेका हुन् ।

हङकङमा स्थायी रुपमा बसोबास गर्ने करिब ४० हजार नेपालीमध्ये ९० प्रतिशतभन्दा बढी जनजाति समुदायका छन् । बेलायती गोरखा सैनिकमा हुँदा हङकङमा बसेका मुख्यगरी मगर, गुरुङ, राई, लिम्बु समुदायका परिवारका सदस्य अहिले हङकङमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।


महावाणिज्यदूतको कार्यकाल पूरा गरी दुई महिनाअघि सहसचिव कमलप्रसाद भट्टराई नेपाल फर्केका थिए । त्यसपछि हङकङको महावाणिज्यदूत पद खाली रहेको छ।

२०५५ सालमा खरिदारबाट सेवा सुरु गरेका नुवाकोटका रानामगर २०६१ मा शाखा अधिकृत भएका थिए। रानामगरले गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् । गृह मन्त्रालयले गत भदौमा उनलाई काभ्रेबाट झापा सरुवा गरेको थियो ।

तपाईको प्रतिक्रिया