उपत्यकाको निषेधाज्ञा एक साता थपियो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

काठमाडौं उपत्यकामा भदाै ३ गतेदेखि शुरू भएको निषेधाज्ञा भदौ १७ सम्म थपिएको छ। आज राति १२ बजे सम्म रहेको पहिलो चरणको निषेधाज्ञा कोरोना संक्रमितको दर नघटेपछि दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थपिउकाे हो ।

जिल्ला प्रशासन कार्यालयले अादेश जारी गर्दै दाेस्राे चरण अवधिमा पहिलो भन्दा थप कडाई गरिने बताइएकाे छ ।

बढ्दो संक्रमणका कारण समग्र क्षेत्रमा उत्पन्न असहज परिस्थितिका बावजुद यस आदेशको पूर्ण पालना गरी गराई कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण गर्ने अभियानमा सहयोग, साथ र सहभागिता भइदिने प्रशासनले सबैमा अनुरोध गरेको छ।


 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका