नेपाली राजदूत र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौ‌ं

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटवार्ता गरेका छन् ।

भटेमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयले भारतसँग संयुक्त आयोगको पाँचौ बैठकका लागि ताकेता गरिरहेको अवस्थामा भेट भएको हो । जयशंकारले आयोगको बैठक केही समय पछिका लाग राखेको बताइएको छ ।

भेटमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको अधिकारीहरुले बताएका छन् । कोविन्द साउनमा नै नेपाल आउने भनिएपछि एक महिना ढिलो गर्ने गरी कार्यक्रम अघि बढेको बताइएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका