कृषि र पशु सेवा गाभ्नेप्रति विरोध

प्रकाश थिङ संवाददाता
ललितपुर

बाग्मती प्रदेश सरकारले भेटरीनरी, कृषि तथा पशुसेवाका मातहतको कार्यालयहरुलाई एकीकृत गरी सेवा दिने निर्णयप्रत्ति व्यापक विरोध भएको छ।

उक्त निर्णयप्रति पशुसेवासँग संघसंस्थाहरुले विषयगत र प्रकृतिका हिसाबले फरक भएका कारण यी दुई निकाय गाभ्न नहुने भन्दै विज्ञप्ति जारी गरेका छन् ।

कृषि व्यवस्था तथा सहकारी मन्त्रालय अन्र्तगत भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ, दुध, माछा, अण्डा, मासु लगायतका संघसंस्थाले पशुपंक्षी क्षेत्रलाई थप परिस्कृत र व्यवस्थित बनाउँदै सेवाको बिशिष्टीकृत गर्नुपर्ने बेला कार्यालय नै गाभ्नेप्रति आपति जनाएका छन् ।

उच्च स्रोतका अनुसार मन्त्रालयले पनि यसअघि छुट्टाछुट्टै नै कार्यालय रहने गरीको मन्त्रलाए पठाएको थियोे ।


कार्यलयले भुमि व्यवस्था तथा कृषि मन्त्रालयलाई अघिल्लो हप्ता पत्र पठाएर एकिकृत दुवै विज्ञ केन्द्रलाई मिलाएर एकीकृत ढंगबाट काम गर्ने व्यवस्था मिलाइ १५ दिनभित्र मन्त्रालय ल्याउन भन्ने पत्र आएपछि आन्दोलित भएका हुन् । सेवा एकिकृत भए त्यसले भेटनरी तथा कृषि दुवै क्षेत्रमा असर गर्ने विज्ञहरु बताउँछन् ।

विभिन्न पार्टी समर्थित संघ संगठनले पनि एकिकृत रुपमा कृषि र भेटनरीलाई जोड्ने नहुने भन्दै विज्ञप्ति निकालेका छन् । उनीहरुले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एकिकृत सेवा संचालन गर्ने प्रस्तावबाट पछि हट्न भनेका छन् ।

कृषि तथा पशुपंक्षी कार्यालयहरु संघीय तहमा समेत अलगअलग छन् ।

यसैगरी नेपाल डेरी एसोसियसनले विगतमा एकीकृत रुपमा काम गर्दा त्यसको परिणाम राम्रो नभएको औल्याउँदै पुनःअलग्याउनु परेको भन्दै प्रदेश सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाएको छ। यसैक्रममा उक्त निर्णयप्रति असहमति जनाउंदै विभिन्न संघसंस्थाले विज्ञप्ति निकालेका छन् ।

तपाईको प्रतिक्रिया