आज थप ८८५ जनामा कोरोना सङ्क्रमित, उपत्यकामा ३०१ पुष्टि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालका पहिल्लो २४ घण्टामा ८ सय ८५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा कुल ३४ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ५ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३०, ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जनामा गरी ३०१ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा कोरोनाबाट थप ११ जना मृत्यु  भएको छ । यो सँगै मृतक १७५ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया