कोरोना संक्रमितप्रति अमेरिकी प्रथम महिला मेलानीयाद्वारा सहानुभूति व्यक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट संक्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेकी छिन् । कोरोनाभाइरसले सृजना गरेको संकटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मंगलबार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त गरे । कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताए ।

श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिएको थियो । ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उनको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दिर्घामा बसेको थियो ।

कोरोनाभाइरसको संक्रमण सर्न नदिनका लागि कम्तीमा पनि ६ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन् ।


तपाईको प्रतिक्रिया