रोशीका अध्यक्ष लामाद्वारा ५ लाखको कोष स्थापना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काभ्रेपलाञ्चोक

रोशी गाउँपालिका अध्यक्ष डिबी लामाद्वारा ५ लाखको कोष स्थापना गरेको छ । उनको ४७ औं जन्मदिनमा दिर्घ रोगीहरुको उपचारका लागि बाबुआमाको नामबाट सो कोष स्थापना गरेका हुन् ।

अध्यक्ष लामाले भने, ‘यो कोषबाट थोरै रकमबाट उपचारमा सहज हुनेलाई सहयोग पुर्याउँछ । त्यसैले पारिवारिक संरक्षण कोष स्थापना गरेको हुँ ।’

आमा चन्द्रकुमारी र स्व बुबा देवीसि लामाको नामबाट स्थापना गरिने कोषमा परिवारका अन्य सदस्यहरुको समेत योगदान रहनेछ ।

‘बुबा देविसिह लामा ७२ वर्षको उमेरमा किड्नीको समस्याबाट मृत्यु भएका थिए । अहिले आमा ठुलीमाया तामाङ पनि छातीको क्यान्सरको उपचार गराइरहेका छन्, अध्यक्ष लामाले भने, सो कोषमा अन्य सहयोगी हातहरुले रकम थप्न सकिनेछ ।’


इच्छुक अन्य ब्यक्तिहरुले पनि कोषमा रकम सहयोग गर्न सक्नेछन् । कोषबाट प्राप्त हुने बार्षिक ब्याजबाट अवस्था हेरेर गम्भिर प्रकृतिका रोग लागेका ब्यक्तिहरुको उपचारका लागि सहयोग उपलब्ध गराईने अध्यक्ष लामाले बताउनु भयो ।

बुबाआमाको नामबाट ट्रष्ट गठनको कार्यविधि तयार गरी पारिवारिक छलफलपछि आफुले कोष खडा गरेको बताए । अघिल्लो वर्षहरुमा अध्यक्ष लामाले जन्मदिनमा बृद्धाश्रम, बालश्रम लगायतलाई सहयोग गरेका थिए

गाउँपालिकाले गम्भीर प्रकृतिका रोग लागेका नागरिकहरुका लागि यातायात खर्च बापत २५ हजार रकम उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया