साउदीमा झन्डै ९५ प्रतिशत कोरोना संक्रमित घर फर्के

कुल संक्रमित तीन लाख ११ हजार नजिक

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुनः मंगलबारदेखि बढ्नेक्रम जारी छ ।

यसै क्रममा बुधबार यहाँ १ हजार ७६ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हालसम्म कुल तीन लाख १० हजार ८३६ जना कोरोनाबाट संक्रमित भएका छन् ।

त्यसैगरी आज कोरोना भाइरसको उपचार गरिरहेका ३३ जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ३ हजार ७५५ जना पुगेका छन् ।

यहाँ बुधबार १ हजार १३ जना कोरोना भाइरसको उपचार गरिरहेका निको भएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार कोभिड-१९को उपचारपछि हालसम्म निको हुने दुई लाख ८४ हजार ९४५ जना पुगेका छन् ।


कुल संक्रमितमध्ये २२ हजार १३६ जनाको साउदीका विभिन्न अस्पतालहरुमा उपचाररत रहेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार १ हजार ६०१ जना संक्रमितको अवस्था भने जटिल रहेका छन् ।

आजको अपडेट अनुसार उपचारपछि निको हुनेभन्दा नयाँ संक्रमित ५५ जना बढी रहेका छन् । साउदीमा कोरोना कहर गत मार्च २ तारीखबाट शुरु भएको हो ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि

साउदीबाट दुई चार्टर उडान हुने

साउदीमा कोरोना मृत्युदर घट्यो, एक हजारभन्दा धेरै निको

साउदीमा ९२ प्रतिशत कोरोना निको,२२ हजार संक्रमितको उपचार हुँदै

साउदीमा दुई लाख ८० हजार जना कोरोना मुक्त, आइतबार ११ सय थपियो

तपाईको प्रतिक्रिया