प्रवासी नेपाली एकता मंच साउदीद्वारा नेपाल सरकारको ध्यानाकर्षण(विज्ञप्ति)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी अरेबिया

प्रवासी नेपाली एकता मंच साउदीले कोरोना रोजगार गुमाएर स्वदेश फर्कने नेपालीहरुका लागि जारी गरेको नियमप्रति नेपाल सरकारको ध्यानाकर्षण गरेको छ । मंचले प्रेसविज्ञप्ति जारी गरेर सरकारको ध्यानाकर्षण गरेको हो ।

विज्ञप्तिमा’ राम्रो कमाइ तथा विदेशमा आफ्नै व्यवसाय हुनेहरुको लागी नेपाल सरकारको नियमहरु उचित भएता पनि कम्पनी टुटेका, रोजगारबाट निकालिएका र महिनौंदेखि पारिश्रमिक नपाएकाहरुको लागि भने सो नियम अनुचित भएको ‘ उल्लेख छ ।

मंचले विज्ञप्तिमार्फत ‘ रोजगार गुमाएर बिखर्ची भएर असहाय श्रमिक नेपालीहरुलाई हवाइ टिकट, यातायातको व्यवस्थापन र पिसिआर परिक्षण क्वारेन्टाइन लगायतको सम्पुर्ण खर्च सरकारलाई बेहोर्न माग समेत राखेको छ ।’

विज्ञप्तिमा ‘ विदेशमा बिखर्ची भएका आफ्ना नागरिकहरुलाई निशुल्क स्वेदेश ल्याउन सरकारको दायित्व रहेको कुरा स्मरण गराउँदै यो न्यायोचित मागलाई साझा माग बनाइ सरकारलाई दवाव दिन विश्वभर रहेका प्रवासी नेपालीहरुममा अपिल समेत गरेको ‘ लेखिएको छ ।


 

तपाईको प्रतिक्रिया