जो अस्पतालको बेडमा छट्पटाइरहेका छन्

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

बल्खुस्थित बयोधा अस्पतालमा बिरामी आमालाई मुख हेर्दे टोलाइरहेकी छन्, छोरी एलिसा राई । चिकित्सकले ‘ब्रेन ट्युमर’ भएकी आमाको तत्काल शल्यक्रिया गर्नुपर्ने बताएपनि रकम अभावका कारण हुन सकेको छैन ।

‘आमाको उपचार गर्न अस्पतालले ७/८ लाख जम्मा गर्नु भनेको छ, हामीसँग त्यत्रो खर्च जुटाउने स्थिती छैन’ एलिसाले भनिन्, ‘सहयोगी हातहरु भए आमाको ज्यान बचाउन सकिन्थ्यो भन्ने आशा गरेका छौं ।’ भोजपुरको हतुवागढी गाउँपालिका- ४ कि ४१ बर्षिया शशिकला राईलाई साउन १८ गते आँखाको समस्या भएकोले तिलगंगा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सिटिस्क्यान गर्न भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरेको थियो । भक्तपुरमा सिटिस्क्यान गर्दा ब्रेन ट्युमर भएको चिकित्सकले पत्ता लगाएपछि शल्यक्रिया गराउनुपर्ने बताइएको थियो । भक्तपुरमा हप्तादिन कुर्दासम्म शल्यक्रिया गराउने बारे अस्पतालले निर्णय दिन नसकेपछि विरामीलाई बयोधा अस्पतालमा शल्यक्रियाका लागि भर्ना गरिएको एलिसाले बताइन् ।

कोभिड- १९ को विषम परिस्थितीमा राईको पति र छोरा समेत बिरामी भएर गाउँमा छन् । किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिले केन्द्रीय सचिव प्रविणा राईको नेतृत्वमा ‘शशिकला राई उपचार सहयोग अभियान’ सञ्चालन गरी सहयोग संकलनमा सहयोग गरिरहेको छ ।
आर्थिक पारदर्शिताका लागि अभियानमा सचिव प्रविणा राईको नाममा रहेको सिदार्थ बैंक गोंगबु शाखामा खाता नं. ०१६१५०७२४६५ सुचारु गरिएको छ । सबैलाई सक्दो सहयोग रकम जम्मा गरि उपचाररत राईको जीवन रक्षा गरिदिन परिवार र किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिले हार्दिक अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका