एकै दिन ११ सय जना कोरोना संक्रमित, उपत्यकामा ३७७ जना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालमा बिहीबार ११ सय ११ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा महिला ३३४ र पुरुष ७७७ थपिएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ ।

प्रदेश १ मा ६८ जना, प्रदेश २ मा २२१ जना, बागमती प्रदेशमा ६९८ जना, गण्डकी प्रदेशमा ४३ जना रहेका छन् ।

यस्तै प्रदेश ५मा १९६ जना , कर्णाली प्रदेशमा २६ जना र सुदूरपश्चिम प्रदेशमा ५० जनामा कोरोना पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।


तपाईको प्रतिक्रिया

पत्रपत्रिका