साउदी अरेबियाबाट थप ४१७ जना स्वदेश फर्के

उडानमा ६ शव पठायो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया
फोटो : फाइल

साउदी अरेबियाबाट कोरोनाका कारण अलपत्र परेका ४१७ जना स्वदेश फर्किएका छन् ।  उनीहरू नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर उडानबाट नेपाल फर्किएको दूतावासले जानकारी दिए । दूतावासका अनुसार उक्त उडानमा ६ वटा शवसमेत पठाएका छन् ।

बुधबार दमाम शहरबाट भएको हिमालयको चार्टरउडानमा कोरोनाका कारण रोजगारी गुमाएका, काजकिरियाका लागि जानुपर्ने, दीर्घ बिरामी र महिलालाई प्राथमिकता दिएर स्वदेश फर्काइएको दूतावासका कर्मचारी हरि घिमिरेले बताए । उनले चार्टरका लागि विशेष समन्वय गरेका हिमालय एयरलाइन्स, यहाँका संघसंस्था लगायत विभिन्न माध्यमबाट सहयोग गरेका सम्पुर्णलाई धन्यवाद दिए ।

हिमालयको उडानमा महिलासहित १५४ जना यहाँ विभिन्न कारणले अलपत्र परेका नेपालीहरू स्वदेश फर्काइएको एनआरएनए मध्यपूर्वका संहसंयोजक राजेन्द्र अर्यालले बताए । उनकाअनुसार उडानमा विभिन्न कारण मृत्यु भएका दुईवटा शवसमेत पठाएका छन् । अर्याल दमामबाट हुने प्रत्येक चार्टरउडानका यात्रुहरूलाई विमानस्थलसम्म पुगेर बिदाई गर्छन् ।

त्यसैगरी सोही राती साउदीको राजधानी रियादबाट २६३ जना यात्रु र चार शव नेपाल फर्काइएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका आरए २१९२ नम्बरको चार्टरबाट यहाँ अलपत्र परेकाहरूलाई फर्काइएको हो ।


बिहीबार राती ११.३० बजे उडान भरेको नेपाल एयरलाइन्सको टिकटका लागि समन्वय गिल्ट ट्राभलस र गेओल्याड ट्राभलस (Gilt Travels र Geology / Geoland Travels ) ले गरेको थियोे ।

तपाईको प्रतिक्रिया