साउदीमा कोरोना उपचारपछि निको हुने पुनः बढ्यो

बिहीबार एक हजार कोरोना संक्रमित थपियो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको बिहीबार पुनः बढेको छ । यसै क्रममा कोरोनाको उपचार गरिरहेका १ हजार ३१० जना निको भएको दैनिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ताका डा.अब्दुलीका अनुसार कोरोनाबाट हालसम्म उपचारपछि निको कुल दुई लाख ८६ हजार २५५ जना पुगेका छन् । यसअघि साउदीमा मंगलबार र बुधबार कोरोना भाइरस नयाँ संक्रमित बढेको थियो ।

त्यस्तै यहाँ अगष्ट २७ तारीखमा कोरोनाको उपचार गरिरहेका ३० जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हालसम्म ३ हजार ७८५ जनाको कोरोना भाइरसबाट मृत्यु भैसकेका छन् ।

यसैगरी साउदीमा बिहीबार १ हजार १९ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हालसम्म कुल तीन लाख ११ हजार ८८५ जना कोरोनाबाट संक्रमित भएका छन् ।


कोरोना कुल संक्रमितमध्ये २१ हजार ८१५ जनाको अझै यहाँका विभिन्न अस्पतालहरुमा उपचाररत छन् । त्यस्तै उपचार भइरहेकामध्ये १ हजार ५८२ जनाको गम्भीर अवस्थामा उपचार गरिरहेको प्रवक्ता डा.अब्दुलीले बताए ।

अगष्ट २७ तारिखका अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या २९१ जना बढी रहेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत छन् । दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसकिने  नेपाली दूताबासले बताए । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि

साउदीमा कोरोना मृत्युदर घट्यो, एक हजारभन्दा धेरै निको

साउदीमा झन्डै ९५ प्रतिशत कोरोना संक्रमित घर फर्के

साउदी अरेबियाबाट थप ४१७ जना स्वदेश फर्के

तपाईको प्रतिक्रिया