आफन्तको पहिचान नहुँदा साउदीमा कुमार थापाको शव अलपत्र

शवका लागी दूतावासमा सम्पर्क गर्नुहोस् : सचिव खनाल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

साउदी अरेबियामा कुमार थापा नाम गरेको नेपालीको शव आफन्तको पहिचान नहुदा अलपत्र परेको छ । मृतक थापाको नेपालको ठेगान र आफन्त पत्ता नलागेपछि शव व्यवस्थापनम समस्या भएको दूतावासका द्वितीय सचिव भरत खनालले बताए ।

प्रहरीका अनुसार थापाले आत्महत्या गरेको सचिव खनालले बताए । उनका अनुसार अझैसम्म मृतकको ठेगान र आफन्तको पहिचान भएको छैन । ‘ प्रहरीले कुमार थापा नाम गरेको नेपाली नागरिकले आत्महत्या गरेको जानकारी दिए ‘ सचिव खनालले भने ,’ जानकारी पाएलगत्तै हामीले मृतक थापाको बारेमा नेपालको ठेगाना र आफन्त खोजी गर्न शुरु गर्‍यौं ।’

मृतक थापाका बारेमा नेपालको ठेगाना र आफन्त पत्ता लागेमा शव घरसम्म दूतावासको समन्वयमा पुर्‍याउने थियो, सचिव खनालले भने । आफन्तको पत्ता नलागेमा यहाँको प्रहरीले साउदीमै दाहसंस्कार गर्न दूतावासलाई स्वीकृत मागिरहेको सचिव खनालले बताए ।

मृतक थापाका परिवार वा आफन्त लगायतलाई जतिसक्दो छिटो साउदीस्थित नेपाली दूतावासको सम्पर्क नम्बर ००९६६५५९३८९६००,  ००९६६११४६१११०८ मा  वा यहाँ रहेको नेपाली संघसंस्थालाई सम्पर्क गर्नसमेत सचिव खनालले आग्रह गरे ।


प्रहरीले दिएको जानकारी अनुसार साउदी अरेबियाको राजधानी रियादमा गत मे १ मा आत्महत्या गरेको सचिव खनालको भनाइ छ । सचिव खनालका अनुसार मृतक थापा अवैधानिक रूपमा कार्यरत थियो । पुरानो(हस्तलिखित) पासपोर्ट भएकाले नामबाहेक अन्य जानकारी लिन नसकेको सचिव खनाल बताउँछन् ।

 

तपाईको प्रतिक्रिया