दूतावासको पहलमा थप १२० जनालाई एक्जिट भिसा(नामसहित)

हालसम्म ७३८ जनालाई बर्हिगमन भिसा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

साउदी सरकारद्वारा आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरेका नेपालीहरुलाई बर्हिगमन (एक्जिट) भिसा दिनेक्रम जारी छ । यसै क्रममा यस हप्ता पुनः १२० जना नेपालीले बहिर्गमन भिसा पाएको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए ।

श्रम काउन्सेलर राईका अनुसार उक्त प्रक्रिया थालनी भएदेखि साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा अकामा नबनाईएका वा नवीकरण नगरिएका कुल ७३८ जना नेपालीहरुले बर्हिगमन भिसा पाइसकेका छन् ।

दूतावासको पहलमा विविध कारण नेपाल फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्न व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरे बमाेजिम सरकारले भिसा प्रदान गरेको श्रम काउन्सेलर राईले बताए ।

उक्त प्रक्रियाका लागि दूतावासले गत २०७६ पौषबाट शुरु गरेको भएपनि कोरोनाका कारण बर्हिगमन भिसा भने लकडाउनपछि मात्र साउदी सरकारले दिन थालेको श्रम काउन्सेलर राईले जानकारी दिए । उनका अनुसार बहिर्गमन भिसा ( देश छोड्न अनुमति) पाएको नेपालीहरुले ६० दिनभित्र साउदी छोडी सक्नुपर्ने छन् ।

यस्तै यहाँ मुस्लिम समुदायको इद पर्वका कारण एकमहिना प्रभावित भएपनि यस हप्ताबाट पुनः भिसा लाउन शुरु भएको श्रम काउन्सेलर राईले बताए । उनका अनुसार अकाम नवीकरण वा नबनाइदिएका नेपालीहरुको भिसा लगाउन सहज पार्न अनलाइन गर्नेबारेमा दूतावासमा छलफल चलिरहेका छन् । कोरोना भाइरस प्रकोप सुरु हुनुअघि उक्त प्रक्रियाका लागि व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने प्रावधान रहेको श्रम काउन्सेलरले जानकारी दिए ।

प्राय सप्लार्य कम्पनीहरुले अकामा नवीकरण नगरीकन काम लाउने गर्दा यहाँ वैधानिक हुदाहुदै अवैधानिक भएका अनगिन्ती रहेको श्रम काउन्सेलर राईले बताए । त्यस्ता सप्लार्य कम्पनीमा झन्डै पाँच वर्षदेखि कार्यरत रहेकी ३ सयभन्दा धेरै महिलाहरुलाई दूतावासको पहलमा बर्हिगमन भिसा लगाएर पठाइसकेको उनको भनाइ छ ।

बर्हिगमन भिसा प्राप्त गरेकाहरुले भने रियादबाट हुने नेपाल एयरलाइन्स र दमामबाट हुने हिमालय एयरलाईन्स उडानबाट स्वदेश फर्किन सक्ने श्रम काउन्सेलर राईले बताए ।

साउदीमा झन्डै ३ लाख २५ हजार नेपालीहरु रहेको अनुमान छ । त्यसमध्ये ५ हजार ७ सयको हाराहारीमा महिलाहरु छिन्  । महिला श्रमिकहरु अधिकांश सप्लायर्स कम्पनी कार्यरत छिन् । उनीहरूलाई सप्लायर्स कम्पनीले स्कुल, क्याम्पस, अस्पताल, एअरपोर्ट, रेस्टुरेन्टहरुमा सप्लाई गर्छन् ।

यहाँ सप्लायर्स कम्पनीहरुले अकामा नबनाउने वा नवीकरण नगर्ने नेपाली श्रमिकहरुको संख्या अत्यधिक छन् । थोरै सप्लायर्स कम्पनीले सेवा, सुविधा दिए पनि थुप्रै कम्पनीहरुले सामान्य मापदण्ड पनि अपनाएको देखिदैन । स्थानीय बिचौंलीहरु (एजेन्ट)ले भने अकामा नवीकरणको समस्या कम्पनी छोडेर भाग्नेहरुले गर्दा आएको भनाइ छ । दूतावासले झन्डै एकवर्ष अघिनै सप्लायर्स भिसा बन्द गरेको बताउदै आएको छ ।

थप यो पनि

साउदीमा अकामा नभएका थप १२० जनाको एक्जिट भिसा (नामसहित)


अकामा नभएका ७७ जनालाई एक्जिट, आगामी उडानबाट फर्कन दूतावासको आग्रह

साउदीमा अकामा नभएकोले एक्जिट पाउने क्रम जारी(सूचीसहित)

साउदीमा अकामा नबनाइका वा नवीकरण नगरेका नेपाली फर्काउने: दूतावास

 

तपाईको प्रतिक्रिया