नेपाल आइडल-३ को उपाधि चौलागाईंको पोल्टामा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

रियालेटी शो नेपाल आइडल सिजन-३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईंले जितेकी छिन् । विजेता चौलागाईंले उपाधिसहित ५० लाख रुपैयाँ समेत प्राप्त गरेकी छिन् ।

सिजन-३ का फस्ट रनरअप बर्दिया राजापुरक प्रवीण बेडुवाल भएको छ । बर्दिया राजापुरका बेडुुुवालले १५ लाख रुपैयाँ हात पारेका छन् । त्यसैैैगरी सेकेन्ड रनरअप महोत्तरी बर्दिबासका किरणकुमार भुजेल भएको थियो । उनले पनि पाँच लाख रुपैयाँ प्राप्त गरे ।

एपी वान टेलिभिजनबाट प्रसारण हुने आइडल यसअघि बुद्ध लामा र रवि ओडले जित दर्ता गरिसकेका छन् । गत चैत्रमा सकिनुपर्ने आइडल कोभिड-१९ का कारण आज सकिएको हो।

तपाईको प्रतिक्रिया