हाय ! कस्तो नेतृत्व ?

भक्तपुर

निर्लज्ज नेतृत्वका व्यापारीहरू
आफ्ना वकभक्तहरूलाई
गढको जिम्मा लगाएर
सम्पूर्ण गठरी सुम्पदै
बयली सुगन्ध बन्धकमा राखी
अश्विनीकुमारको चीरहरणमा
मृदुल, मेधाका स्वरुपलाई
अङ्कुराउन नदिँदै
मनुष्य शरीरका अस्तिसारलाई ।

चतुर, बाचाल ऊ
बन्धनमा नरहेको बङ्गुर
बहुभतेरमा मस्त छ ।
बग्गीमा बिराजमान ऊ
सुगन्धित फूलको वास्नामा
बकुल्लो बनी उभिएको छ ।

चुनावलाई अश्वमेध यज्ञ ठान्दै
यज्ञबाट मङ्गल गीत गाउँदै
आफू अगाडि बढ्नका खातिर
मैलो विचार प्रशारित गर्छ ।

जनका लागि बुर्लुक्क उफ्रेर
फुलबुट्टे कथा पस्कन्छ,
जनले गणनायक मान्दा ऊ
विभीषण पो बन्न पुग्दछ
विभीषण पो बन्न पुग्दछ ।

चाँगुनारायण– ८, भक्तपुर

तपाईको प्रतिक्रिया