साउदीमा शुक्रबार उपचारपछि ११ सयभन्दा धेरै निको

साउदीमा कोरोना कुल संक्रमित तीन लाख १३ हजार नजिक

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ हजार १४८ जना उपचारपछि निको भएको छ । यहाँ दैनिक पत्रकार सम्मेलनमा क्रममा उक्त संख्यामा निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ताका डा.अब्दुलीका अनुसार कोरोना भाइरसको उपचारपछि कुल निको हुनेको संख्या दुई लाख ८७ हजार ४०३ पुगेका छन् । यसअघि साउदीमा मंगलबार र बुधबार कोरोना भाइरस नयाँ संक्रमित बढेको साउदीमा बिहीबारदेखि पुनः उपचारपछि निको बढेको हो ।

त्यस्तै यहाँ अगष्ट २८ तारीखसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ८१३ पुगेको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार बिहीबार कोरोनाको उपचार लिइरहेका २८ जनाले ज्यान गुमाए ।

यसैगरी साउदीमा बिहीबार १ हजार ६९ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हालसम्म कुल तीन लाख १२ हजार ९२४ जना कोरोनाबाट संक्रमित भैसकेका छन् ।


प्रवक्ता भन्छन् ,’ कोरोना भाइरसबाट संक्रमितमध्ये २१ हजार ७०८ जना अझै यहाँका विभिन्न अस्पतालहरुमा उपचार लिइरहनु भएको छ ।’ उनका अनुसार उपचार भइरहेकामध्ये १ हजार ५६२ जनाको गम्भीर अवस्थामा छन् ।

अगष्ट २८ को अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या ७९ जना धेरै छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

थप यो पनि

आफन्तको पहिचान नहुदा साउदीमा कुमार थापाको शव अलपत्र

साउदीमा झन्डै ९५ प्रतिशत कोरोना संक्रमित घर फर्के

साउदी अरेबियाबाट थप ४१७ जना स्वदेश फर्के

साउदीमा कोरोना उपचारपछि निको हुने पुनः बढ्यो

तपाईको प्रतिक्रिया