संरक्षणको पर्खाइमा तामाङ संग्राहलय

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
धुन्चे, रसुवा

गोसाईकुण्ड गाउँपालिका वडा नंं. ६ धुन्चेमा अवस्थित नेपालकै पहिलो तामाङ सङग्राहलयको संरक्षण र संवर्द्धनमा कमी हुँदै गएको छ ।
सङग्राहलयका अध्यक्ष सेननुर्पु तामाङका अनुसार २०४५ सालदेखि तामाङ सङग्राहलय सञ्चालनमा रहिआएको छ । सुरूमा भवन थिएन तर पछि २०५७/०५८ सालतिर टिआरपिएपि भन्ने संस्थाले भवन बनाईदियो । त्यसपछि समिति पुर्नसंगठन गरि अध्यक्ष म भएँ ।

यस संस्थाले केही न केही नौलो खालको दिगो हुने के काम गर्ने त भन्दा नेपालभरि बुझेपछि नेपालमा भए नभएको तामाङ सङग्राहलय बनाउने निधो गरेपछि धुन्चेमा सङग्राहलय स्थापना गरिएको अध्यक्ष तामाङले बताए ।

जिल्ला नै तामाङको बाहुल्यता रहेकोले सङग्राहलयमा तामाङका संस्कार, संस्कृति, पहिचान झल्किने सामग्री राखेको अध्यक्ष तामाङको भनाई छ । उनले जिल्लाको शान र धुन्चेको मानको रुपमा रहेको पनि बताएका छन् उनले भनेका छन्, अहिले संरक्षणको अभावले ओझेलमा परे जतिकै छ ।’

तामाङ समुदायको गौरवको रुपमा रहेको भावि पुस्तासम्म नहुने हो भने यसको पहिचान मेटिनेछ । पुरानो शैली रहनसहन, संस्कृति हराएर जाने अवस्थामा रहेकोमा अध्यक्षले चिन्ता जनाए ।


अनेकतामा एकता रहेको यस जिल्लामा सङग्राहलय स्थापना गरेपछि चासो दिएर थप के गर्ने भन्ने बारेमा सबै अन्यौलमा रहेका छन् । नेपालको नै पहिलो तामाङ सङग्राहलय रसुवाको सदरमुकाम धुन्चेमा बनाइएको हो ।

लाखौ खर्च गरेर बनाइएको भवन र भवनभित्रका बहुमुल्य सामानहरुप्रति स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया