ओबी अभिनित ‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

मोडल तथा नायक ओबी रायमाझी अभिनित गीत ‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक भएको छ । उनले मोडल अञ्जना कँडेलसँग अन स्क्रिन रोमान्स गरेका छन् । क्रान्ति केसीको निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन रहेको गीतको भिडियो जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अम्बिका गुरुङको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो डाकोन पिक्चरले निर्माण गरेको हो । भिडियो ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यस गीतलाई टिकटक प्रतियोगितामा राखिएको छ । भाद्र मसान्तसम्म जसको सबैभन्दा बढि टिकटक भिउज पुग्छ उसलाई २० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

क्रान्ति केसीकै निर्देशन रहेको ‘शुभ बिवाह लेखेको मिनि बस’ गीतबाट यो क्षेत्रमा आएका ओबीले ‘आज रुनु प¥यो धेरै…’ ‘लाहुर…’ ‘औँठी बेरुवाको …’ ‘आसि…’ ‘चिसो मैना पुसैको…’ ‘धौलागिरी हिमालको छाया…’ ‘शिन्दुर…’ ‘तिम्लाइ खुशी पार्न…’ ‘पिलि पिलि जुन्किरी…’ ‘तिमी हौ…’ लगायत थुप्रै गीत मार्फत दर्शकको मन जित्न सफल भएका छन् । उनी यतिवेला सफल मोडल तथा म्युजिक भिडियोका चर्चित नायक बन्न सफल छन् । हालै तीज गीत ‘सोचे झै जिन्दगी रैनछ…’, ‘मायालु आजैलाइ…’, ‘नरोउ नरोउ निर्माया…’ बाट ओबीको लोकप्रियता अझ थपिएको छ । ओबीले पछिल्लो पटक आफ्नै स्वरमा ‘लहै लहै…’ भन्ने गीतमा स्वर पनि दिएका छन् ।


तपाईको प्रतिक्रिया