जुन दिन आलैंचीको भाउले घोचेर मारीदियो
एक डालो सपना
हो, त्यो दिन डोको बोकेर
बजार हिँडेका बाउ
घर फर्केनन् ।
त्यसपछि
आमालाई समाजले विधवा
घाषित ग¥यो ।
म स्कुलेबाट हली भएँ ।
एक दिन आमाले नाङलोमा
कनिका निफन्दै थिइन
मैले कल्पना गरेँ
डोकोभरि चामल बोकेर बाउ
बजारदेखि घर फर्किरहेका होलान ।
हाउ ठूल्दाज्यु तपाईं देश बचाउन
सिमानामा उभ्नु भयो
मैले पनि देश बनाउन
जोतिरहेँ खेतबारीमा हलो ।
तर पनि किन मिल्दैन हँ
तपाईंको सपना बोक्ने सुटकेसको रङ
र मेरो सपना बोक्ने थुन्चेको रङ ?
कोदालोले जीवनको अर्थ
खोस्रिंदाखोस्रिंदै चुँडियो
डल्लै जीवन हाँक्ने हल्लुँडा
हेर्नु त अहिले कसरी उन्निएर म¥यो
हलोको फालीमा किसानहरुको
अनेक अनेक इच्छा ।
नरेन्द्र मोदीहरुको इरिटेड भाषणहरुले
हेर्दाहेर्दै हेर्दाहेर्दै ओइलायो
उमेरै नपुगी करेला
र इन्फेक्सन भयो ममता व्यानर्जीहरुको
पोलिटिक्स पेनकिलरले
जनताको मूल्य बोक्ने फर्सीको बोटलाई ।
मलाई लाग्छ
बरु यो देशमा
नरेन्द्र मोदीहरु नभएको भए
अथवा ममता व्यानर्जीहरु नभएको भए
जनताले फेर्ने थिए
एक फुङ्लो भएपनि शान्तिको सास ।
थाह छैन
कतिबेला भाँचिन्छ जीवन थाम्ने सोयला
र कतिबेला निकाल्छ
भातको भाँडाहरुले अभावको जुलूस ।
मलाई लाग्छ
यदि प्रधानमन्त्रीको घरमा
अनिकाल पस्यो भने
के खाएर बचाउँछ सत्ता ?
कोदोको बालाले बचाउन सिकाएको दिन
तोरिको सागले मलाई संघर्ष चिनायो ।
अहिले निर्माण भएको छ
किसानहरुको
फ्युचर फलाउने अदुवा बारीमा
प्रधानमन्त्री ग्रामीण सडक परियोजनाको
आधा कल्चो बाटा ।
हेर्नु त दिदी
मार्केट नपाएर कस्तरी गुम्सिएर म¥यो
राजनीतिको गोदाममा
किसानकोहरुको भाग्य बोक्ने अदुवाको भाउ ।