ललितपुर चापागाउँमा फुड बैंक संचालन

प्रकाश थिङ संवाददाता
ललितपुर

गोदावरी नगरपालिका चापागाँउका युवाहरुले गत मंगलबारदेखि ‘फुड बैंक’ संञ्चालमा ल्याएको छ ।‘हुनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ’ भन्ने नारा सहित गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँमा तरुण दलका क्षेत्रिय सचिव अनिल श्रेष्ठको नेतृत्वमा संञ्चालन गरिएको हो ।

बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सामान्य जनताको जीवनयापनमा समस्या भएको फूड बैंकले जनताका लागि राहत मिल्नेछ, श्रेष्ठले भने ।

सहयोग गर्न चाहनेले यहाँ आएर सहयोग गर्न सक्ने काँग्रेस केन्द्रीय खेलकुद बिभाग सचिव एवं महासमिति सदस्य मिनकृष्ण मर्हजनले बताए ।

बैंक व्यबस्थापनको लागि तरुणदल तथा नेबि संघ ललितपुर जिल्ला पुर्ब संयोजक उमेश कायस्थ, तरुण दलका बिशालमान श्रेष्ठ बिक्रम महर्जन निलेश महर्जन, महेश्वर देशार, सुशान शाक्य, सर्जु श्रेष्ठ, अमिर महर्जन बिधान श्रेष्ठ , दिकेश देशार किशोर देशार लगाएतले महत्त्वपूर्ण सहयोग गर्दै आइरहेका छन् ।


नेवि संघका ललितपुर युवाहरुले आज यो पुण्य कार्यमा नेबि संघ ललितपुरका अध्यक्ष मथुरा शर्मा, जिपि कोइराला युवा मञ्च ललितपुरको संयोजक तथा नेवि संघ ललितपुरका उपाध्यक्ष उद्बब दाहाल, सचिब दिपक घिमिरे, कोषाध्यक्ष दिनेश घोरासाईने लगायतले उक्त अभियानलाई आज नगद सहयोग गरेको छ। विगत देखि नै ने। बि।संघले आपत बिपत र जनताको दुखमा सधै सकेको सहयोग गर्दै आइरहेको अध्यक्ष शर्माले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया