गोरु काटेको आरोपीमाथि गोली चलाउन आदेश दिने सिडिओ र डिएसपीलाई जन्म कैदको माग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
झापा

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले गोरु काटेको आरोपमा प्रहरीले गोली चलाउदा मृत्यु भएका ३८ वर्षीय रफिकुल आलमको सिडिओ र डिएसपीको आदेशमा हत्या गरेको आरोपसहित प्रेसविज्ञप्ति जारी गरेर विरोध जनाएको छ ।

प्रेस विज्ञप्तिमा ‘ झापा जिल्लाका सिडिओ र डिएसपीलाई अबिलम्ब पदमुक्त गरी जन्मकैदको सजायको माग गरिएको ‘ उल्लेख छ ।

झापा जिल्लाको झापा गाउँपालिका-३ का आलमलाई भदौ १० गते गोरु काटेको आरोपमा नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । आरोपी आलमको उपचारका क्रममा मृत्यु भएको थियो ।

‘ ०६२ /६३ को जनआन्दोलनले नेपालमा सङ्घीयता, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता स्थापना गरेको छ । धर्मनिरपेक्षता, गणतन्त्र आइसकेपछि पनि जीवजनावर काटेको अभियोगमा ५ हजारभन्दा बढी नेपालीहरू जेलमा कोचिनु पर्ने,अझै झापामा त दिनदहाडै प्रशासनको गोली हत्या नै हुनुपर्ने यो कस्तो देश र राज्य हो ‘ प्रेसविज्ञप्तिमा लेखिएको छ ।


विज्ञप्तिमा ‘ राणा ढलाइयो,पञ्च,राजा,सम्बैधानिक राजावादी काङ्ग्रेस /एमाले ढलाइयो र गणतान्त्रिक युगमा नेपाललाई प्रवेश गराइएको अवस्था छ । देशमा यतिधेरै परिवर्तन भैसक्दा पनि नेपाली जनतालाई भाषा, धर्म, नश्लको आधारमा विभेद गर्ने र देशलाई सधैं अँध्यारोमा धकेल्न चाहने तत्व वा वाद कुन हो ? भनेर सम्पूर्ण नेपालीहरुले गम्भीर भएर सोच्नुपर्ने दिन आएको ‘उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया