मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने हो – महानिर्देशक दाहाल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले मातृभाषाको पाठ्यपुस्तक स्थानीय सरकारले नै बनाउने बताएको छ । उनले पाठ्यक्रम विकास केन्द्रले मातृभाषाको पाठ्यपुस्तक नबनाउने र यो विषय स्थानीय सरकारले नै निर्णय गरेर कार्यान्वयन गर्नुपर्ने बताए । नेपाल तामाङ घेदुङले भदौ ११ र १२ गते आयोजना गरेको तामाङ भाषा लिपि प्रशिक्षक प्रशिक्षण तथा स्थानीय तामाङ मातृभाषाको पाठ्यपुस्तक निर्माण विषयक भर्चुअल कार्यशालामा महानिर्देशक दाहाललले सो कुरा बताएको हो । कार्यक्रमका प्रमूख अतिथि महानिर्देशक दाहालले नेपाल तामाङ घेदुङले स्थानीय सरकारसँग मिलेर मातृभाषा शिक्षा कार्यान्वयनको लागि गरेको कार्य अत्यन्तै सराहनीय रहेको भन्दै घेदुङलाई धन्यवाद समेत ब्यक्त गरे ।

अहिले हाम्रो बालबालिकाहरु मेसिनरी भइरहेको अवस्थामा भाषा, लिपिको संरक्षण, सम्वद्र्धन हुनु भनेको एउटा सम्पतिको संरक्षण हुनु हो । उनले अगाडि भने, यसको संरक्षण गर्ने कुरा कानूनले नै स्थानीय सरकारलाई अधिकार दिएको छ । कार्यशालाको उद्घाटन सत्रमा महानिर्देशक दाहाल, नेपाल तामाङ घेदुङका सल्लाहकार अमृत योन्जन, भाषा आयोगका मातृभाषा विभाग प्रमूख डा. लोकबहादुर लोप्चन र घेदुङका विभागीय प्रमूख तथा आईटिसीका बरिष्ठ उपाध्यक्ष टासी लामाले सम्बोधन गरेका थिए ।

औपचारिक कार्यक्रमको समापनपछि नेपाल तामाङ घेदुङका पूर्व सचिव प्रतिक ङेसुर, शिक्षक घेदुङका अध्यक्ष मोहनकुमार तामाङ, लिपि प्रशिक्षक लिलाबहादुर स्याङ्तान र दर्पण ब्लोनले सहजिकरण गरेका थिए । कार्यक्रममा यसअघि घेदुङले सञ्चालन गरेका तामाङ भाषा, लिपि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा भाग लिएका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यशालामा मातृभाषाको पाठ्यपुस्तक निर्माणको क्रममा आउन सक्ने जटिलता विषयमा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुसँग थप छलफल गरिएको सहजकर्ता प्रतिक ङेसुरले बताए ।


तपाईको प्रतिक्रिया