साउदीमा इकामा नभएका वा नवीकरण नगरेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको आग्रह

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

नेपाली दूतावासले साउदी अरेबियामा आवासीय अनुमतिपत्र (इकामा) नभएकाहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

दूतावासले यहाँ कार्यरत इकामा नभएका वा नवीकरण नगरेका नेपालीहरु स्वदेश फर्कन बर्हिगमन (एक्जिट) भिसा लगाउन परेमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए ।

राजदूत राजपुतका अनुसार लकडाउन अघि चलाएका मिनी एमेष्टी ( इकामा नभएका वा नवीकरण नगरेका प्रवासीद्वारा देश छोड्न गरिएका अनुरोध )बाट आएका विवरणका आधारमा साउदी सरकारले ७३८ जना नेपालीलाई वर्हिगमन भिसा दिइसकेका छन् । राजदूत राजपुत भन्छन् ‘ यो प्रकृयाबाट साउदीमा अवैधानिक रूपमा रहेका भनिएका हजारौं नेपालीहरू लाभान्वित हुनेछन् ।

त्यसैगरी यहाँ कार्यरत नेपालीहरुलाई शुरुदेखिनै इकामा नबनाइदिएका, ५ महिनाभन्दा लामो समयदेखि म्याद गुज्रेका, कम्पनीले हुरुप लगाएका र कम्पनी छोडेकाहरुले स्वदेश फर्कन एक्जिट भिसा लगाउनुपर्ने भएमा कागजहरू दूतावासमा पठाउन श्रम काउन्सेलर जीवनकुमार राईले आग्रह गरे ।


श्रम काउन्सेलर राईका अनुसार उक्त प्रकृयाका लागि पासपोर्टमा फोटो भएको पाना, इकामा ५ महिनाभन्दा बढी समयदेखि म्याद सकिएको वा ईकामा नबनाएको भए साउदी आउँदा एयरपोर्टस्थित अध्यागमन काउण्टरमा लेखिएको बोर्डर नम्बर(अरबी भाषामा पासपोर्टको लेखिएको पाना पठाउनुपर्ने छन् ।

कागजहरू पठाउन ०५०००२१४०९ नम्बरको व्हाट्सप दूतावासले जारी गरेको श्रम काउन्सेलर राईले बताए ।

हाल व्हाट्सपबाट कागजहरू पठाए पुग्ने प्रकृयाका लागि कोरोना भाइरस प्रकोप शुरु हुनुअघि व्यक्ति स्वयं उपस्थिति हुनुपर्ने प्रावधान रहेको श्रम काउन्सेलर राई बताउँछन् ।

प्राय सप्लार्य कम्पनीहरुले अकामा नवीकरण नगरीकन काम लाउने गर्दा यहाँ वैधानिक हुदाहुदै अवैधानिक भएका अनगिन्तीरहेको श्रम काउन्सेलर राईले बताए । त्यस्ता सप्लार्य कम्पनीमा झण्डै पाँच वर्षदेखि कार्यरत रहेकी ३ सयभन्दा धेरै महिलाहरुलाई दूतावासको पहलमा बर्हिगमन भिसा लगाएर पठाइसकेको उनको भनाइ छ ।

 थप यो पनि

आफन्तको पहिचान नहुदा साउदीमा कुमार थापाको शव अलपत्र

दूतावासको पहलमा थप १२० जनालाई एक्जिट भिसा(नामसहित) 

साउदी अरेबियाबाट थप ४१७ जना स्वदेश फर्के

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका