साउदीमा १२ सयभन्दा धेरै कोरोना निको, नयाँ संक्रमित घट्दै

आज ९१० सय संक्रमित थपियो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमित घट्नेक्रम जारी रहदा उपचारपछि निको हुनेको संख्या बढेको छ ।

यसै क्रममा आइतबार १ हजार २२६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएको यहाँ नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ता डा.अब्दुलीका अनुसार कोरोना भाइरसबाट अहिलेसम्म कुल दुई लाख ८९ हजार ६६७ जना उपचारपछि निको भैसकेका छन् ।

त्यसैगरी लगातार नयाँ संक्रमित घट्नेक्रम आज ९१० थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार आइतबारसम्म कुल तीन लाख १४ हजार ८२१ जना कोरोना भाइरस संक्रमित पुगेका छन् । प्रवक्ता भन्छन् ,’ कोरोना भाइरसबाट संक्रमितमध्ये २१ हजार २८४ जना अझै यहाँका विभिन्न अस्पतालहरुमा उपचार लिइरहनु भएको छ ।’ उनका अनुसार १ हजार ५४५ जना बिरामीको अवस्था भने गम्भीर छन् ।

आइतबार यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ३० जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार अहिलेसम्म ३ हजार ८७० जनाको कोरोनाबाट मृत्यु भैसकेका छन् ।


आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या ३१६ जना धेरै छन् । साउदीमा गत मार्च २ तारीखबाट कोरोना भाइरस शुरु भएको थियोे ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

तपाईको प्रतिक्रिया