धनकुटामा कोरोना बिरामीहरुको उपचार शुरु

धनकुटा

धनकुटामा स्थापना गरिएको आइसोलेशन सेण्टरमा आइतबारदेखि कोरोना बिरामीहरुको उपचार शुरु गरेको छ ।

पूर्वी पहाडी जिल्लाहरुमा पहिलोपटक धनकुटाको निर्माणाधीन औद्योगिक ग्राममा स्थापना गरिएको आइसोलेशन सेण्टरमा पछिल्लो पटक कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीहरुको उपचार गर्न शुरु गरिएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरांँगाईले बताए ।

आइसोलेशनमा धनकुटा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ जना प्रहरी, नेपाल टेलिकमका ४ जना कर्मचारी र धनकुटाका दुई जना स्थानीयलाई भर्ना गरिएका छन् । उनीहरूको आइतबार विहानदेखि धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र धनकुटा नगरपालिाका स्वास्थ्यकर्मीहरुको टोलीको निगरानीमा उपचार शुरु गरेको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. पुजन विश्कवर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया