रसुवा जिल्ला अस्पतालले २८ दिनभित्रका नवजात शिशुको उपचार सेवा सुरु गरेको छ । बिरामी नवजात शिशुको उपचार विधि मेसिनबाट गर्ने गरेको छ ।
अस्पतालका सुचना अधिकारी बाबुराम थापाका अनुसार असार मसान्तबाट सेवा सुचारू गरिएसँगै दुई वटा बच्चाहरूको उपचार समेत गरेको बताए । आर्थिक बर्ष २०७५÷७६ मा ८ हजार ९ सय बिरामीहरूले सेवा लिई सकेका छन्, अधिकारी थापाले भने ।
अहिले निशुल्क सेवा प्रदान गरिरहेको अस्पताल विभागले जनाएको छ । बाल रोग विशेषज्ञ दिपकमित्र रसुवा आईसकेपछि बच्चाहरूको उपचारमा राम्रो भईरहेको अस्पतालले जनाएको छ ।
गत वर्षको सुरूवातमा अस्पतालमा औषधीद्वारा गराईने गर्भपतन सेवासमेत सुरू भएपछि अहिलेसम्म यो सेवा ६ जनाले लिइसकेको छ ।
अस्पतालले जनाएअनुसार गत माघ २९ गतेदेखि पाठेघरको मुखको सम्भावित क्यान्सर परिक्षण सेवा निशुल्क भईरहेको छ । पाठेघरको परिक्षण गरेको १ सय ८२ मध्ये १५ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखापरेको छ ।
एम्बुलेन्स नहुँदा बिरामी बोक्न असहज भईरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुईकेलले बताए ।