साउदीमा कोरोना निको हुनेको संख्या दुई लाख ९० हजार नाघ्यो

आज १ हजार १२९ जना कोरोना निको

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमितसँगै दैनिक मृत्यु हुनेको संख्या पनि घट्नेक्रम जारी छ ।

यसै क्रममा सोमबार कोरोना भाइरसको उपचार गरिरहेका २७ जनाले ज्यान गुमाएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार अहिलेसम्म कुल ३ हजार ८९७ जनाको कोरोनाबाट मृत्यु भैसकेका छन् ।

त्यसैगरी आज यहाँ लगातार नयाँ संक्रमित घट्नेक्रम ९५१ थपिएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल तीन लाख १५ हजार ७७२ जना कोरोना भाइरसबाट संक्रमित छन् । प्रवक्ता भन्छन् ,’ कोरोना भाइरसबाट संक्रमितमध्ये २१ हजार ७९ जना अझै यहाँका विभिन्न अस्पतालहरुमा उपचार लिइरहनु भएको छ ।’

यहाँ सोमबार कोरोना भाइरसको उपचार गरिरहेका १ हजार १२९ जना निको भएर घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार साउदीमा अहिलेसम्म कुल दुई लाख ९० हजार ७९६ जना उपचारपछि घर फर्किसकेका छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।

आजको अपडेट अनुसार नयाँ संक्रमितभन्दा उपचारपछि निको हुनेको संख्या ३१६ जना धेरै छन् । साउदीमा गत मार्च २ तारीखबाट कोरोना भाइरस शुरु भएको थियोे ।

थप यो पनि

साउदीमा ९२ प्रतिशत कोरोना संक्रमित निको

साउदीमा १२ सयभन्दा धेरै कोरोना निको, नयाँ संक्रमित घट्दै

साउदीमा इकामा नभएका वा नवीकरण नगरेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको आग्रह

तपाईको प्रतिक्रिया

पत्रपत्रिका