डा.रिजाल र उनकी पत्नी कोरोना संक्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

डा.भोला रिजाल र उनकी पत्नी डा.सरला घिमिरेलाई काेराेना संक्रमण भएको छ । डा.रिजालको दम्पतीलाई कोरोना भएको सोमबार पुष्टि भएको हो ।

उनको दम्पती धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका छन् । डा.रिजाल वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुन् । अस्पतालमा उपचाररत डाक्टर रिजालले आफूहरूको अवस्था सामान्य रहेको बताए ।

‘ हामी उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्न अस्पताल भर्ना भएका छौं ‘, डा.रिजाले भने,’ सरला जी र म कोरोना मुक्त हुने वितिकै पुनः स्वास्थ्य टोलीको अग्रस्थानमा रहेर सेवा प्रवाह गर्छौं ।’

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका