दीपाको ‘सार्टनैको चोली’ सार्वजनिक

सविन घिसिङ संवाददाता
काठमाडाैं

संगीतकार तथा गायक शंकर थापा इस्माइली र गायिका दिपा लामाको स्वर रहेको सार्टनैको चोली म्युजिक भिडियो आइतबार युट्युवमा सार्वजनिक भएको छ ।

गीतकार अम्बिका गुरुङको प्रस्तुतिमा निर्माण भएको गीतको संगीत संयोजन विश्व अधिकारी, मिक्सिङ मास्टरिङ अशोक महर्जनले गरेका छन् ।

भिडियोमा स्थानीय बोलिचालीको शब्दभावलाई सरल तरिकाले गीतमा उतार्न खोज्नु गीतकारको राम्रो पक्ष हो । अहिलेको डान्सिङ प्यार्टनलाई अनुसरण गर्दा गीत अनुसारको संगीत पक्षले त्यति न्याय दिन सकेको देखिदैन । अन्य भिडियो निर्माण, प्राबिधिक पक्षदेखि कलाकार प्रस्तुति शैलीमा औसत रहेतापनि यो अनुभवी स्रष्टाहरुको सिर्जना भएकोले समग्रमा हेर्दा राम्रो बनेको छ।

भिडियोमा सरोज र आस्मा कार्टुन कृउको नृत्य तथा अभिनय रहेका छन् । भिडियोको छायांकन नवराजले गरेका हुन् भने सम्पादन नबिन निरौलाले गरेका छन् ।


नृत्य निर्देशक गम्बिर बिष्ट र निर्देशन भने सुब्रत राज आचार्यले गरेका हुन् ।

वर्तमान नेपाली संगीत उद्योगमा युवाहरुको रुचिको गायिका पर्छिन् दीपा। २०६९ सालदेखि निरन्तर नेपाली संगीतमा लागेकी उनले हालसम्ममा २५० भन्दा बढी गीत गाइसकेकी छिन् । पछिल्लो समयमा नेपाली चलचित्रको पार्श्व गायनमा जमेकी उनले नेपाली चलचित्र, वीरविक्रम (सारे सरे, क्याप्टेन-तिमी छौर जीवन छ, बबी-आँखाको नानीभित्र लगायतमा अन्य थुप्रै चर्चित गीतहरु दिइसकेकि छिन् ।

तपाईको प्रतिक्रिया