साउदी अरेबियामा पछिल्लोपटक लगातार रूपमा कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित घट्ने क्रम जारी छ ।
यसै क्रममा मंगलबार ८९८ जना कोरोना भाइरस नयाँ संक्रमित थपिएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । पछिल्ला दिन हजारभन्दा मुनिको संख्यामा कोरोना संक्रमित भेट्न थालेको छ । झन्डै एकहप्तापछि मंगलबार निको हुनेभन्दा नयाँ संक्रमित धेरै छन् ।
साउदीमा कुल कोरोना संक्रमित हुनेको संख्या तीन लाख १६ हजार ६७० पुगेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये २१ हजार २२७ जना अझै यहाँका विभिन्न अस्पतालहरुमा उपचाररत छन् । ‘ उपचाररतमध्येमा पनि १ हजार ५१९ जना बिरामीहरुको अवस्था गम्भीर रहेकाले उनीहरूलाई बिशेष ध्यान दिइरहेका छौं ‘ प्रवक्ता डा.अब्दुलीले भने ।
यस्तै यहाँ आज कोरोना भाइरसको उपचार गरिरहेका ७१८ जना निको भएर घर फर्किएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार साउदीमा अहिलेसम्म कुल दुई लाख ९१ हजार ५१४ जना कोरोना बिरामी उपचारपछि घर फर्किसकेका छन् ।
मंगलबार साउदीभर कोरोना भाइरसको उपचार गरिरहेका ३२ जनाको मृत्यु भएको गुमाएको प्रवक्ता अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार हालसम्म कुल ३ हजार ९२९ जनाको कोरोनाबाट मृत्यु भैसकेका छन् ।
यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।
आजको अपडेट अनुसार कोरोना भाइरस निको हुनेभन्दा नयाँ थपिनेको संख्या १८० जना बढी रहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुललीले जानकारी दिए ।
साउदी अरेबियामा झन्डै तीन लाख २५ हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको नेपाली दूतावासको अनुमान छ । दूतावासका अनुसार दैनिक कोरोना संक्रमित निको र नयाँ थप्ने हुँदा नेपालीहरु यतिनै संख्यामा कोरोना भाइरस पोजिटिभ भएको भन्न नसक्ने अवस्था छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच दर्जन नजिक रहेको दूतावासले जनाए ।
थप यो पनि
•साउदीमा इकामा नभएका वा नवीकरण नगरेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको आग्रह